नेपाल बंगलादेश बैंकका अध्यक्ष शकिवले लिए सपथ

-


     सफल आवाज    
     मंसिर ७ गते २०७८ मा प्रकाशित


काठमाडौं, ७ मंसिर । नेपाल बंगलादेश बैंकको अध्यक्षमा एआरएम नजमुस शकिव फेरि दोरिएका छन् । बैंकको अध्यक्षमा फेरि चयन भएपछि उनले पद तथा गोपनियताको सपथ पनि लिएका छन् ।

अध्यक्ष शकिवलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका उच्च ओहोदाका व्यक्ति तथा कर्मचारीहरुबीच पद तथा गोपनियताको सपथ गराएका हुन् ।

संचालक समितिको बैठकले शकिवलाई पुनः आगामी ४ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।

नेपाल बंगलादेश बैंकका देशका विभिन्न स्थानमा १०० शाखा रहेका छन् । बैंकले १० वटा एक्सटेन्सन काउन्टरबाट सेवा पुर्याएको छ भने ८४ वटा एटीएमबाट बैंकिङ सेवा दिईरहेको छ ।