सन्दर्भ : ३१औं नारायण गोपाल स्मृति दिवस

-


     आरजू विष्ट सल्यानी    
     मंसिर १९ गते २०७८ मा प्रकाशित


काठमाडौं, १९ मंसिर, २०७८

मखमली आवाजका भएका गायक स्वर सम्राट स्व.नारायण गोपाललाई वर्षेनि सम्झनै पर्ने एउटा महान श्रष्टाको स्मृतिको दिन आजै हो । जनस्तरबाट स्वर सम्राट भनेर कहलिएका नारायण गोपाललाई किङ अफ ट्रेजेडि भनेर पनि भन्ने गरिएको छ । आज उनको ३१औं स्मृति दिवस हो ।

उनको जन्म अक्टोबर ४, १९३९ मा काठमाडौको किलागलमा भएको हो । उनको वास्तविक नाम नारायण गोपाल गुरुवाचार्य हो । १९७१ मा पेमला लामासंग वैवाहिक सम्वन्धमा गाँसिएका नारायण गोपाललाई नेपालीले डिसेम्वर ५, १९९० मा ५१ वर्षको उमेरमा गुमाएका थिए । उनको सक्रिय सांगीतिक समय १९६० देखि १९९० को दशक हो ।

नेपालको इतिहासमा उनको निधनको दुखद् खबरले राष्ट्र रोएको थियो । लाखौं मानिस उनको शोकमा डुबेका थिए । उनलाई श्रद्धाञ्जली दिन देशभरबाट मात्र नभई दार्जिलिङ, सिक्किम, गान्तोकबाट नेपाल आएका थिए । उनको निधनले शोकमा डुबेको देश र सडकमा जम्मा भएको लाखौं मानिसको आँशुसहितको दृश्यले एउटा वर्णन गरेर साध्य नहुने सांगीतिक धरोहर र नेपाली सुगम संगीतका स्वर्णकालका गायक नारायण गोेपालको गायकीले नै हो । उनको स्वर, प्रस्तुतीमा जादु नै थियो र त्यो जादु अहिले पनि मानिसहरुमा लागिरहेको छ र जुगौंजुग लागिरहने छ ।

सांगीतिक घरानाका गायक नारायण गोपाल हुन । उनका बुबा आशा गोपाल गुरुवाचार्य एक कुशल वाद्ययवादक थिए भने आमा रामदेबी गुरुवाचार्य हुन । सुगम गायनका हस्ति, आधुनिक, शास्त्रिय र सेमी शास्त्रिय गायनका पोख्त नारायण गोपालका गीत, संगीतमा मर्म, भाव र सामथ्र्य भएको पाईन्छ । सायद गीत छान्ने, रोज्ने, गीतको भावात्मक आयतनलाई पत्ता लगाउने खुबिले नै होला उनका गीतहरु लोप्रिय भए, अहिले पनि छन् भोलिका दिनहरुमा पनि जस्ताको तस्तै अजरअमर भएर रहिरहने छन् । नेपाली भाषामा गायनका साथमा नारायण गोपालले नेपाल भाषामा पनि केहि गीतहरु गायका पाईन्छ । उसो त नेपाल भाषा उनको मातृ भाषा पनि हो ।

आफ्नो जीवनकालमा १३७ वटा गीतमा स्वर दिएका नारायण गोपालका संकलित नभएका गीतहरु छन् भनेपनि को कससंग छन् एकिन भएका छैनन् । सितार, हार्मोनियम र बाँसुरीका प्रिय मान्छे थिए नारायण गोपाल । उनी आधुनिक नेपाली गीत संगीत गायनको स्वर्णकालका पहिलो पुस्ताका गायकहरुमध्ये एक हुन । जस्ले गीत संगीत, चलचीत्र र नाटकमा पनि काम गरेका थिए ।

नारायण गोपालका गायकीका १३७ गीतहरु अजरअमर छन् । उनको पहिलो गीतमा संगीत प्रेमध्वज प्रधानले भरेका थिए । मानिकरत्नले सिकाए थिए ।

किलागल काठमाडौंमा नेवार परिवार विसं १९९६ असोज १८, ४ अक्टोवर १९३९ मा जन्मिएका हुन । उनका ६ दाजुभाई र चार दिदि बहिनी थिए । उनले २०१६ सालमा एसएलसी गरेका थिए भने त्रिचन्द्रबाट मनविकी संकायमा स्नातक गरेका थिए । उनी शास्त्रिय संगीत सिक्नका लागि बरोदामा रहेको महाराजा सायजीराव विश्व विद्यालय गएका थिए । कुनै समय उनी राष्ट्रिय नाच घरको प्रमुखसम्म भएर काम गरेका थिए । तत्कालिन समयमा नारायण गोपालले बागीना पुस्तकको सम्पनदक भएर पनि काम गरेका पाईन्छ ।

भूल्नै नहुने उनको जीवनका केहि उपलव्धिलाई हेर्दा उनी एक पटक सांस्कृतिक संस्थानको प्रबन्ध निर्देशक, संचार मन्त्रालयको सल्लाहकार र नेपाल ललितकला क्याम्पसका प्रोफेसर भइसकेक व्यक्ति हुन । उनले गीती नाटक पनि लेखेको थिए । उतिबेला खुबै चर्चामा रहेको थियो गीति नाटक कान्छी मस्याङ हो ।

नारायण गोपाललाई अद्भूत गायकी क्षमता भएको भनेर सिफारीस गर्ने गायक संगीतकार माणिक रत्न स्थापित हुन जो प्यूखामा बस्थे । प्रेमध्वज प्रधान जो भेडासिंगमा बस्थे । यि तीनजना साथीहरु संगसंगै माणिक रत्नको घरमा गएर गीत गाउँथे । माणिकरत्नको घरमा उतिबेला संगीत सिक्ने सिकाउने गरिन्थ्यो जो माणिक रत्नका काका सिद्धि रत्न स्थापित वाद्यवादन सिकाउने गर्थे ।

एसएलसी गरेपछि पे्रमध्वज प्रधानले उनलाई रेडियो नेपालमा स्वर परिक्षाका लागि लगेका थिए । त्यो बेला उनले स्वर परिक्षा दिएको गीत पन्छिको पंखमा धर्तिको दीयो रहेको थियो । गीतलाई डा.राममान तृषितले लेखेका थिए भने प्रेमध्वज प्रधानले संगीत दिएका थिए । उनी पहिलो पटकमा नै स्वर परिक्षामा पास भएका थिए । उनको पहिलो सार्वजनिक कार्यक्रम त्रिचन्द्र कलेजको ४० औं वार्षिक उत्सवको अवसरमा थियो । उनले त्यो बेलामा तबला बजाएका थिए ।

त्यो समयमा प्रेम ध्वज र माणिक रत्न मिलेर आफ्नै संगीतका गीत गाउन थालिसकेका थिए भने नारायण गोपालले ६ वटा अजम्बरी गीत गाएर सबैलाई चकित नै बनाए । ति गीत गीतकार रत्नसमशेर थापाले लेखेका थिए । गीतको कलकत्तामा रेकर्ड गरिएको थियो ।

स्वर्गकी रानी
आँखाको भाका आँखैले
भो भो मलाई नछेक
मधुमासमा यो दील
बिछोडको पीडा र
ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो हुन ।

यी गीत कलत्तामा गएर गाएपछि एकाएक नारायण गोपाल नेपाल, भारत तथा नेपालभाषि बसेका ठउँहरुमा चर्चामा रहे । त्यो समयमा उनले जाग लम्क चम्क हे नौजवान, आमा तिमीलाई जलभरिका औंलाले चुम्न पनि गाए ।

उनका समकालिन गायकहरु पुष्प नेपाली, बच्चु कैलाश, तारादेवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, नातिकाजि, शिवशंकर, किरण प्रधान हुन । जब उनले १९९५ मा दार्जिलिङ गए उनका लागि दुई फाईदा भए । एक जीवन संगीनिसंगको जीवन बिताउने पक्कापक्कि भयो र पाए उनकै डाइहर्ट फ्यान पेमला लामालाई । र अर्को उनको भेट उ बेलामा जल्दाबल्दा युवा गायक संगीतकार गोपाल योञ्जनसंगको भेट फलदायी भयो । त्यहि भेटबाट उनिहरुले एउटै नामको कारण मित्ज्यू भएर सांगीतिक यात्रा आरम्भ गरे ।

नारायण गोपालको गायनका सफलताका कारणहरुपछि असल सिर्जनशिल र श्रष्टाहरुको जम्काभेटबाट नै सार्थक बनेको देखिन्छ । ईश्वर बल्लभसंगको संगत भएपछि नारायण गोपालको गायकीको चरण फेरियो । जस्का गीतले आम रुपमा सफलताको शिखर चुमे । त्यहि समयमा पश्चिमा संगीतको समय पनि थियो । वीटल्स, बब डेलनहरुका गीतको प्रभाव नेपालमा पनि परिसकेको थियो । नारायण गोपाल र गोपाल योञ्जनलाई पश्चिमा पप संगीतले असर गरिसकेको थियो । उनिहरुले गायनमा नयाँपन खोज्न थाले । दुवैको पार्टनरसिपमा बिर्सेर फेरी मलाई नहेर, चिनारी हाम्रो धेरै पूरानो, तिम्रा् जस्तो मुटु, लौ सुन भन भन्छु मेरो रामकहानी आए । जो गोपाल योञ्जनका लागि उनको करियरको लागि कोशेढुंगा सावित भए भने नारायण गोपालको उचाई झन् माथि भयो ।

दुबै गोपालले गीतकार तथा संगीतकार दीव्य खालिङसंग संगत गर्न थालेपछि केही राम्रा गीतको काम गरेको पाइन्छ । जस्तोः विपना नभई बाँचिदिने मभित्रका मेरा सपना, मायाको अधरमा सम्झौता नै हुन्छ, जता हिड्यो उतै तान्ने बैमानि यो माया, मेरो सनो संसार तिमीलाई अटेन, यो भाग्य कस्तो खेल मानिसको जीवनमा हेर खेलेको, जतिसम्म बाटो हिंडिसके म भन्छु मेरै प्रयास हो । प्रियसीका यादहरु कोरिएको मुटु।, एकान्तमा आज, तिमीलाई भुल्दा र मत लालि गुराँस भएछु लगायत रहेका छन् ।

नारायण गोपालले पेमला लामालाई विवाह गरेपछि घरमा सहज किसिमको वातवरण नबनेको अवस्थामा त्यो बेलामा चर्चित कवि भूपि शेरचनले पोखरामा आफ्नै घरमा बस्नका लागि बोलाए । केही महिना उनले भूपिसंगै बिताए पोखरामा । उनले सोहि सयमा भूपिका केहि गीत पनि गाए । अल्झेछ क्यारे पछ्यौरी तिम्रो चीयाको बुटामा, सानै हुरीमा बैंसको सपना सिमलको फूल झैं झरी गयो र मैले गाएको गीतमा तिम्रै मुहार छ बोलको गीत हिट नंवर हुन ।

नारायण गोपालका फिल्ममा रहेका गीतहरु हिट छन्

हिजो आज भोलि १९६८
परिवर्तन १९७१
मनको बाँध १९७४
सिन्दुर १९८०
बद्लीदो आकाश १९८३
लाहुरे १९९८
चोट १९९०
कोशेली १९९०
चीनो १९९१
कान्छी १९९१ र
दक्षिणा १९९४ रहेका छन् ।
नारायण गोपालका प्रकाशित एल्बमहरुः
गीति श्रद्धाञ्जली १, २०४९
स्वर्णिम सन्ध्या १, २
प्रेयसीका यादहरु २०५४
प्रेमको माला
मान्छेको माया
मलाई नसोध
पर्खि बसे
म त लालि गुराँस भएछु
अल्झेछ क्यारे
तिम्रो मनमा
गीति यात्रा १ २०४४
नारायण गोपालका आधुनिक गीत १, ९ र मालती मंगले म्यूजिकल ड्रामामा रहेका छन् ।

जनस्तरबाट स्वरसम्राट भएका मखमली आवाजका धनी स्वर सम्राट नारायण गोपालप्रति हार्दिक श्रद्धासुमन ।