एनआइसी एसिया लघुवित्तले दियो शाखा प्रबन्धकलाई तालिम

-



     सफल आवाज    
     पौष ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ पुस । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले Readers to Riders a Transformation Journey प्रदेश स्तरीय व्यवस्थापन, शाखा व्यवस्थापन तथा जोखिम व्यवस्थापन विषयमा शाखा प्रबन्धकलगायत विभिन्न कर्मचारीहरुलाई तालिम दिएको छ । मंसिर २८ गते सुदूरपश्चिम प्रदेश, २९ गते गण्डकी र बागमती प्रदेश र पुस २ गते लुम्बिनी प्रदेशको विभिन्न स्थानमा सम्पन्न गरेको छ ।

सम्मेलनमा संस्थाका सञ्चालक समितिका अध्यक्ष कपिल ढकाल, सञ्चाालक समितिका सदस्य तथा जोखिम व्यवस्थापन समिति संयोजक प्रकाश बराल, प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसे, प्रमुख जोखिम अधिकृत विशाल उप्रेतीको प्रशिक्षण साथै सम्बन्धित प्रदेश प्रमुख ज्यू, प्रदेश उप-प्रमुख, कर्जा असुली प्रमुखहरु, शाखा प्रबन्धकज्युको उपस्थिति रहेको थियो ।

एक दिने उक्त सम्मेलनहरुमा जोखिम व्यवस्थापन, जोखिम कम गर्ने विभिन्न रणनीति, ग्राहक छनोटमा ध्यान दिनुपर्ने कुराहरु, अनुशासन, नेतृत्वकर्तामा हुनुपर्ने गुण, लेखा परीक्षणको महत्व तथा प्रभावकारिता, ग्राहक सदस्यता फारमको (केवाइसी) महत्व, गुणस्तरीय कर्जा लगानी, उद्यमशीलता विकास साथै आगामी दिनमा संस्थाको सेवाहरु उत्कृष्ट बनाउनका लागि आवश्यक नीति, नियम तथा निर्णयका बारेमा प्रशिक्षण साथै छलफल गरिएको थियो ।

उक्त सम्मेलनहरुमा संस्थाका अध्यक्ष कपिल ढकालले कर्मचारी वर्गले हालसम्म गरेको कामले नै संस्थाले विभिन्न परिसूचकमा नम्बर १ बन्न पुगेको बताए । कर्मचारीहरुलाई विशेष अनुशासनमा रहेर सेवाग्राही वर्गमा सेवा दिन र विपन्न तथा पिछडिएका वर्गहरुमा वित्तीय पहुँच र डिजिटल पहुँचमा महिलावर्गको सहभागिता पनि लघुवित्त कर्मिको काधमा रहेको बताउँदै अगामी दिनमा समेत गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका थिए ।

उक्त कार्यक्रममा लघुवित्तका सञ्चालक समितिका सदस्य तथा जोखिम व्यवस्थापन समिति संयोजक बरालले दीर्घकालीन व्यवसाय बृद्धिको लागि सबै जना अनुशासित, मेहेनती तथा दत्तचित्त भएर लाग्नुपर्नेमा बताए ।