घट्यो सुन र चाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     पौष ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ पुस । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार छापावाला र चाँदीको भाउमा गिरावट भएको छ । सुनमा रुपैयाँ ४०० तथा चाँदीमा ५ रुपैयाँले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ ४०० ले घटेर प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा ५ रुपैयाँले गिरावट भई प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।