सिटिजन्स बैंकको शाखा विस्तार, नयाँ शाखा नुवाकोटको मदानपुरमा

-



     सफल आवाज    
     पौष ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ पुस । सिटिजन्स बैंकले नुवाकोटको बेलकोटगढी नगरपालिका मदानपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । त्यस स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी सुब्बालाल श्रेष्ठलाई व्यवसायिक प्रतिनिधिमा नियुक्त गर्दै शाखा सञ्चालनमा ल्याएको हो ।

यस शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखनीय विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा लिएको बैंकले जनाएको छ ।