इन्फिनिटी लघुवित्तले गर्‍यो २९.१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

-



     सफल आवाज    
     पौष ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ पुस । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २९.१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाको पुस २७ गते बस्ने पाचौं वार्षिक साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट २७.७० प्रतिशत बोनस सेयर र बोनसमा लागे कर तिर्न १.४६ प्रतिशत नगद गरी कूल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।

त्यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष ०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू छलफल गरी पारित गरिने छ ।