स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत रकम निक्षेपमा गणना हुने

-



     सफल आवाज    
     पौष ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ पुस । अर्थ मन्त्रालयले स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) समस्या समाधानका लागि मन्त्रालयले स्थानीय तहको खातामा रहेको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको हो ।

मन्त्रालयका सचिव मधु मरासिनीका अनुसार नयाँ व्यवस्थाअनुसार बैंकिङ प्रणालीमा तत्काल ५० अर्ब रुपैयाँ उपलब्ध हुनेछ । लामो समयदेखि नेपाल बैंकर्स संघले शत प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउनुपर्ने माग राख्दै आएको थियो । अहिले स्थानीय तहको बैंक खातामा रहेको ५० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था रहेको छ ।