ग्लोबल आइएमई लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

-



     सफल आवाज    
     पौष ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ पुस । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले प्रदेश नम्बर १, २ र लुम्बिनी प्रदेशअन्तर्गत रहेको ३८ वटा शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । यही पौष २ गतेदेखि प्रदेश नम्बर २ को पर्सा जिल्ला स्थित पोखरीया शाखा र प्रदेश नम्बर ५ को रामपुर शाखाबाट कार्यक्रम सुरुवात गरिएको विभागीय प्रमुख सुदिप आचार्यले जानकारी दिए ।

कार्यक्रममा प्रत्येक शाखामा उत्कृष्ट केन्द्र सञ्चालन गर्ने सात वटा केन्द्र प्रमुखहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिनुका साथै वित्तीय संस्थाबाट कर्जा लिई व्यावसाय सञ्चालन गर्दै सफल भएका सदस्यहरुलाई समेत सम्मान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा बचत के हो ? कर्जा सदुपयोग कसरी गर्ने ? पारिवारिक बजेट कसरी बनाउने ? बैंक वित्तीय संस्थाबाट आर्थिक कारोबार गर्दा के फाइदा हुन्छ ? नोट किन सफा राख्नुपर्छ भन्नेजस्ता विषयमा स्थानीय भाषामा जानकारी दिइएको थियो । कार्यक्रममा वित्तीय संस्थाका प्रबन्धक दिवशराज ओली, अनुगमन अधिकृत सीताराम महतो तथा प्रकाश लामिछानेले सहजीकरण गरेका थिए ।