मनाङमा चिसो बढेसँगै खोला नालाको पानी हिउँमा परिणत

-


     सफल आवाज    
     पौष ७ गते २०७८ मा प्रकाशित


पुस, ७ मनाङ । मनाङमा चिसो बढेसँगै अधिकांस खोला नालाका पानी हिउँमा परिणत भएकाे छ। सदरमुकाम चामे आसपासका पानीको मुहानमा हिउँ जम्मेपछि पिउने पानी समेत पाउन कठिन भएको छ । यहाँको दैनिक तापक्रम माइनस १५ डिग्रीदेखि २० डिग्री सम्म पुग्ने गरेको छ । तस्वीर/नवीन लामिछाने-रासस