थप २९३ जनामा कोरोना संक्रमण, दुई जनाको निधन

-



     सफल आवाज    
     पौष ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ पुस । पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५१० जनाको पीसीआर परीक्षण गर्दा २४१ जना र दुई हजार ११६ जनाको एन्टीजेन परीक्षण गर्दा ५२ जना गरी २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको ले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा दुई जनाको निधन भएको छ भने २६३ जना संक्रमणमुक्त भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ७५६ पुगेको छ ।