लुम्बिनी विकास बैंकको साधारण सभा सम्पन्न, सेयरधनीलाई १३.६८ प्रतिशत लाभांश वितरण गर्ने

-



     सफल आवाज    
     पौष ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ पुस । लुम्बिनी विकास बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले आ.ब. २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरी आ. ब. २०७८/७९ को लागि लेखा परीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सँगै सेयरधनीलाई ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस सेयरसहित कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न साधारणसभामा बैंकले कोभिड–१९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट सेयरधनीलाई सहभागिता गराएको थियो । सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुले राखेको जिज्ञासामा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले स्पष्ट पारेका थिए ।

लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३१ वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नवीनतम् प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत नरेशसिं बोहराले जानकारी दिए