ग्यालेक्सी हस्पिटल र मेगा बैंक बीच स्वास्थ्य सेवा छुट सम्झौता, अधिकतम १२ प्रतिशतसम्म छुट पाइने

-



     सफल आवाज    
     पौष ११ गते २०७८ मा प्रकाशित



पाेखरा, ११ पाैष । ग्यालेक्सी हस्पिटल प्रालि, पाेखरा र मेगा बैंक नेपाल लिमिटेड गण्डकी प्रदेश कार्यालय बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । याे सम्झौताअनुसार अब मेगा बैकका ग्राहकले अस्पतालकाे सबै प्रकारका सेवामा १२ प्रतिशत र फार्मेसीमा ७.५ प्रतिशत छुट पाउने हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले सफल आवाजलाई बताए। सम्झौतापत्रमा हस्पिटलतर्फबाट अध्यक्ष डा हेमन्त कुमार मानन्धर र बैककाे तर्फबाट मेगा बैंक नेपाल लिमिटेडका गण्डकी प्रदेश प्रमुख तारानाथ लम्सालले हस्ताक्षर गरेका हुन।

२४ सै घण्टा विशेषज्ञ स्वास्थ्य सेवा दिईरहेको हस्पिटलले अनुभवी तथा दक्ष चिकित्सकबाट अत्याधुनिक स्वास्थ्य प्रविधिको प्रयोग गर्दै सबै प्रकारका रोगको सहुलियतमा उपचार सेवा प्रदान गरिरहेको हस्पिटलका अध्यक्ष डा हेमन्त कुमार मानन्धरले बताएका छन ।

यस हस्पिटलमा हाल इमरजेन्सी ५ शैया, जनरल वार्डमा १२ शैया, डिलक्स क्याबिन ७, सेमी क्याविन ४ शैया आईसियू ६, पोष्ट अप ३ शैया सहित एनआईसियु, पिआईसियु र बाल तथा नवजात शिशु उपचार सहितकाे सेवा संचालनमा रहेको ग्यालेक्सी हस्पिटलका मेडिकल सुपरिटेण्डेन्ट डा ऋषि ढकालले बताए ।