थप २१९ जनामा कोरोना संक्रमण, दुई जनाको निधन

-



     सफल आवाज    
     पौष ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ पुस । पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २८३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार ६७७ वटा नमुना परीक्षण भएको छ ।

त्यस्तै गएको २४ घण्टामा दुई जनाको निधन भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २७ हजार हजार २७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार १३१ जना पुगेको छ । यस्तै अहिलेसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ११ हजार ५८५ पुगेको छ ।