मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

-



     सफल आवाज    
     पौष ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियानअन्तर्गत लुम्बिनी प्रदेशको विभिन्न स्थानहरुमा बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

यस पुस महिनामा बैंकले कोटीहवास्थित पशुपति स्कूल र कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो । सोही कार्यक्रममा स्कूल र कलेजका विद्यार्थीहरु तथा शिक्षक, शिक्षकाहरुको सहभागिता रहेको थियो । त्यसै गरी बैंकले सुन्वाल–११, जारगहस्थित नेपाल प्रहरी युक्ति ट्रेनिङ सेन्टरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बैंकिङ सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधि, बचत खातालगायत बैैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधाबारे चेतना तथा पहुँच पु-याउने उद्दश्य बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी देशभरि भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।