गरिमा विकास बैंकको शाखा विस्तार, नयाँ शाखा धनकुटा र चन्द्रगढीमा

-



     सफल आवाज    
     पौष १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ पुस । ‘एक्सेस टु अल’ भन्ने मुल नारासहित शाखा तथा सेवा विस्तार गर्दै आएको गरिमा विकास बैंकले दुई वटा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

गरिमा विकास बैंकले प्रदेश नम्बर १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढीमा चन्द्रगढी शाखा सञ्चालनमा ल्याएको हो ।

यससँगै गरिमा विकास बैंकले नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटीएमबाट सेवा प्रदान गर्दै आइरहेको छ ।