२७१ संक्रमित थपिए, एक जनाको निधन

-



     सफल आवाज    
     पौष १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ पुस । देशभर पछिल्लो २४ घण्टामा थप २७१ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा १० हजार ८८६ को पीसीआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पीसीआर परीक्षण गरिएका संक्रमितको संख्या आठ लाख २७ हजार ५२२ पुगेको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमितको संख्या ९६ हजार १५१ पुगेको छ ।

पछिल्लो समय थप २२५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुने संख्या आठ लाख ११ हजार पाँच पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको निधन भएको छ । योसँगै कोरोनाबाट निधन हुनेको संख्या ११ हजार ५८६ पुगेको छ ।