भारतमा ओमिक्रोन भेरिएन्ट : एकै दिन थपिए १३५ संक्रमित

-



     सफल आवाज    
     पौष १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ पुस । भारतमा ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । गएको २४ घण्टामा मात्रै भारतमा १३५ जनामा संक्रमण देखिएको हो ।

भारतीय सञ्चार संस्थाहरुका अनुसार अहिलेसम्म भारतमा ओमिक्रोनका बिरामी ६७० पुगेका छन् । सोमबार गोवा र मणिपुरमा पनि ओमिक्रोनको संक्रमण देखा परेको जनाइएको छ । दुवै राज्यमा सोमबार एक–एक जना संक्रमित भेटिए । ओमिक्रोन अहिलेसम्म भारतका २० राज्यमा फैलिएको छ ।