गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँट, ६ लाख कित्ता संस्थागत लगानीकर्तालाई

-



     सफल आवाज    
     पौष १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ पुस । गरिमा विकास बैंकले निष्काशन गरेको एक अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको छ ।

वार्षिक ८.७५ प्रतिशत ब्याजदर सहित बैंकले ७ वर्षे अवधिका लागि ‘गरिमा डिवेन्चर, २०८५’ नामको ऋणपत्र बिक्रीमा ल्याएको थियो । १० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता ऋणपत्र संस्थागत लगानीकर्तालाई र ४० प्रतिशत अर्थात् ४ लाख कित्तामध्ये पनि ५ प्रतिशत सामूहिक लगानी कोषका लागि र तीन लाख ८० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत् बिक्री गरेको थियो ।

ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो ।