२४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण

-



     सफल आवाज    
     पौष २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ पुस । पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० जना र तीन हजार ५५२ जनामा एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।

अहिले देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार २२५ रहेको छ । त्योमध्ये पनि चार हजार ८५२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २३९ रहेको छ ।