एनएमबी बैंकको २६औं वार्षिक साधारण सभा सम्पन्न, १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

-



     सफल आवाज    
     पौष २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ पुस । एनएमबी बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीको उपस्थितिमा यही मिति बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब सुन्धारामा २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

एनएमबी बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका सेयरधनीहरुले आ-आफ्नो विचार व्यक्त गरेका थिए ।

उक्त वार्षिक साधारण सभाद्वारा आ.व. ०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पुँजीका १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागि) पारित गरेको छ । साधारण सभाद्वारा स्वीकृत बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको गत असारसम्ममा खुद नाफा दुई अर्ब ७१ करोड रुपैयाँ, निक्षेप १६६ अर्ब रुपैयाँ र कर्जा १५८ अर्ब रुपैयाँ रहेको छ ।

दि फिनान्सियल टाईम्स लण्डनद्वारा Bank of The Year Asia 2021 र Bank of The Year Nepal 2021 बाट यस बैंकलाई सम्मानित गरेको छ । उक्त अवार्ड सेयरधनीले समय समयमा बैंकलाई दिएको सुझाब एवं सल्लाह मुताबिक भएको परिणामको रुपमा लिँदै सबैलाई बैंकले कृतज्ञता ज्ञापन गरेको छ । बैंकले २०१७, २०१८, २०२० र २०२१ गरी चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।