छिमेक लघुवित्तको सञ्चालकमा रामचन्द्र जोशी नियुक्त

-



     सफल आवाज    
     पौष २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ पुस । छिमेक लघुवित्तको सञ्चालकमा रामचन्द्र जोशी नियुक्त भएका छन् ।

बिहीबार बसेको सञ्चालक समितिको २७१औं बैठकले अहिले रिक्त रहेको सञ्चालक पदमा निजी क्षेत्रको संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी नियुक्त गरिएको हो ।

कम्पनीका अनुसार नवनियुक्त जोशीको तीन वर्षे कार्यकाल २०८१ साउन १२ गतेसम्म हुने कम्पनी सचिव दीलिपकुमार श्रेष्ठले जानकारी दिए ।