मुक्तिनाथ विकास बैंकलाई एचआरएम अवार्ड प्रदान

-



     सफल आवाज    
     पौष २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ पुस । कर्पोरेट क्लबद्वारा आयोजित ‘एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स-२०२१’ को वित्तीय सेवाहरुको वर्गमा मुक्तिनाथ विकास बैंक विजेता भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच मुक्तिनाथ विकास बैंक, वित्तीय सेवाहरुको वर्गमा उत्कृष्ट बैंकको रुपमा पुरस्कृत भएको हो । उक्त अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए । साथै उक्त सम्मान पाएकोमा बैंकलाई र बैंकका कार्यरत कर्मचारीहरुलाई अझै राम्रो सेवा प्रदान गर्ने उर्जा मिल्ने बैंकले विश्वास लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।