सिन्धु विकास बैंकको सीईओमा गिरी नियुक्त

-



     सफल आवाज    
     पौष २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ पुस । सिन्धु विकास बैंकको सीईओमा रामकुमार गिरी नियुक्त भएका छन् । सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गिरी नियुक्त गरेको बताइएको छ ।

सीईओ गिरीलाई सोमबारबाटै लागू हुने गरी नियुक्त गरेको बैंकले जनाएको छ । सिन्धु विकास बैंकको डेपुटी सीईओसमेत रहेका गिरीको बैंकिङ क्षेत्रमा २२ वर्षेको अनुभव रहेको छ । गिरीले नेपाल बंगलादेश बैंक, सनराइज बैंकलगायत बैंकहरुमा सीईओको जिम्मेवारी सम्हाली सकेका छन् ।