नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

-


     सफल आवाज    
     पौष २७ गते २०७८ मा प्रकाशित


काठमाडौं, २७ पुस । नारायणहिटी दरबार संग्रहालयमा बन्न लागेको रेस्टुरेन्ट प्रकरणमा मुछिएपछि संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।

नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा छानविन गर्न मन्त्रालयले बनाएको समितिले सोमबार मात्र कार्यकारी निर्देशक दाहालाई कारबाही गर्न सिफारिस गरेको थियो ।

मंगलबार दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा राजीनामा दिएका हुन् ।