राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

-



     सफल आवाज    
     जेठ १२ गते २०७९ मा प्रकाशित



काठमाडौँ, १२ जेठ । सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा राष्ट्र बैंककै पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व कार्यकारी निर्देशक डा. शंकर आचार्यलाई नियुक्त गरेको छ ।

सरकारले मंगलवारको मन्त्रिपरिषद् बैठकबाट सञ्चालकमा नियुक्त गरेको सूचना पाएको शिवाकोटीले जानकारी दिए ।

स्थानीय तह निर्वाचनअघि नै नाम सिफारिश गरिए पनि निर्वाचनका कारण सरकारले राष्ट्र बैंक सञ्चालकको नियुक्ति चुनावपछि मात्रै गरेको हो ।

आचार्य र शिवाकोटीलाई सरकारले आगामी ५ वर्षको लागि राष्ट्र बैंकको सञ्चालक समितिमा नियुक्त गरेको हो ।

यसअघि पाँच वर्षे कार्यकाल सकेर बिदा भएका श्रीराम पौडेल र रामजी रेग्मीले अवकाश पाएपछि रिक्त रहेको पदमा शिवाकोटी र आचार्य नियुक्त भएका हुन् ।