बैंक अफ काठमाण्डूको २०.९५ प्रतिशत लाभांश प्रस्ताव

-



     सफल आवाज    
     असाेज ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० असोज । बैंक अफ काठमाण्डू लिमिटेडले समग्रमा २०.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको आज असोज ३० गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त परिमाणको लाभांश प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६ प्रतिशतका दरले हुन आउने ६३ करोड ७४ लाख ३९ हजार रुपैयाँ बराबरको बोनस शेयर र १४.९५ प्रतिशतले हुन आउने १ अर्ब ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँ (कर सहित) नगद गरी कुल २०.९५ प्रतिशत लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पाएपछि र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि सेरधनीको नाउँमा आउनेछ ।