अन्तर्वार्ता कृति ‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजनिक

-



     सफल आवाज    
     असाेज ३१ गते २०७९ मा प्रकाशित


काठमाडौं, ३१ असोज । महेश पौड्यालको अन्तर्वार्ता, ‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजनिक भएको छ । उक्त कृति समालोचक उदय अधिकारीले साहित्यकार महेश पौड्यालसँग लिएको अन्तर्वार्ता हो ।

ललितपुरको होटल हिमालयमा जारी ‘कलिङ्ग साहित्यमहोत्सव’को उद्घाटन समारोहमा साहित्यकार डा. जगमान गुरुङ, अशोक बाजपेयी, तुलसी दिवस, माया ठकुरी र कनकमणि दीक्षितले अङ्ग्रेजी भाषाको उक्त अन्तर्वार्ता कृति संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । 

उक्त पुस्तकमा समालोचक अधिकारी र स्रष्टा पौड्यालबीच भएको साहित्य सम्बन्धी २२ फरक फरक विषयमा रहेको संवाद समावेश गरिएको छ ।