अनेसास साँस्कृतिक समितिकाे संयोजकमा लेखक महेश्वर पन्त चयन

-



     सफल आवाज    
     कार्तिक २ गते २०७९ मा प्रकाशित


काठमाडौं, २ कात्तिक । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले साँस्कृतिक समितिकाे संयोजकमा साहित्यकार/लेखक महेश्वर पन्तलाई चयन गरेकाे छ । समितिमा आवश्यकता अनुसार सबै क्षेत्रकाे प्रतिनिधित्व हुने गरेर कार्यसमितिलाई पूर्णता दिइने भएकाे छ ।

अनेसासका केन्द्रीय अध्यक्ष गाेबर्धन पूजाको अध्यक्षतामा आईतबार बसेकाे बैठकले पन्तलाई साँस्कृतिक समितिकाे संयोजकमा मनाेनित गरेकाे हो ।

समितिकाे कार्यकाल दुई वर्षकाे रहेकाे छ । साे अवधिमा समितिले साँस्कृतिक कार्यक्रम, सम्मेलन तथा गोष्ठीको आयोजना गर्ने अध्यक्ष गाेबर्धन पूजाले जानकारी दिए।

नेपाली साहित्य, संगीत र साँस्कृतिक क्षेत्रमा निरन्तर लागिरहेका पन्तकाे पछिल्लाे कृति ‘बाैलाकाे डायरी’ हाे । जाे अहिले पाठकका हात हातमा छ । ‘बौलाको डायरी’ यस्तो लाग्छ जाे त्यो द्वन्दकालिन समयको यथार्थ दृश्य हाे । शब्द शब्दहरुको सरल, सहज र सरर बगेको लेखाईको उपहार हो नेपाली समाजका लागि । राजनीतिले देखाएकाे सपना एउटा तर हुने उल्टाे बाैलाकाे डायरीमा तथ्यसंगत कुराहरु छन् ।

यस्तै कालिगण्डीकाे सभ्यतासाथ बाँचेकाे एक माझि समुदाय हो। आञ्चलिक लवजलाई जस्ताको तस्तै उतारेर अस्तित्वको पहिचानलाई, कर्मलाई, पेशालाई र माझिकाे कथालाई ‘फुर्लुङ’मा उतारेका साहित्यकार, लेखक पन्तलाई समितिकाे संयाेजकमा ल्याउनु एउटा महत्वपूर्ण पक्ष भएकाे बताइएकाे छ ।