हिरो मोटोकर्पद्वारा भिडा इलेक्ट्रिकको पहिलो शोरुम सञ्चालन

-



     सफल आवाज    
     कार्तिक २९ गते २०७९ मा प्रकाशित


काठमाडौं, २९ कात्तिक । हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर भिडाको शोरुम सञ्चालनमा ल्याएको छ । एक्सपेरियन्स सेन्टर नाम दिइएको यो शोरुमा कम्पनीले भारतको बैंगलुरुमा सञ्चालनमा ल्याएको हो ।

हिरो मोटोकर्पले केही समयअघि भिडा नामको आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको थियो । कम्पनीले बैंगलुरुपछि भारतको जयपुर र दिल्लीमा पनि उक्त शोरुमा स्थापना गर्ने बताएको छ ।

हिरो मोटोकर्पका अनुसार यस्तो शोरुममा ग्राहकले स्कुटर चार्ज गर्ने सुविधा समेत पाउने छन् । कम्पनीले भिडा भी १ प्लस र भी १ प्रो गरी २ भेरियन्टमा स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले भारतमा यो स्कुटर आगामी अनुसार डिसेम्बरको दोस्रो सातादेखि डेलिभरी सुरु गर्ने जनाएको छ । यो स्कुटर एक पटकको फुल चार्जमा १६५ किलोमिटरसम्म चल्ने र शुरुवाती मूल्य १ लाख ४५ लाख भारु तोकिएको कम्पनीको भनाइ छ ।

भिडा स्कुटरमा ७ इन्चको टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टमका साथमा क्रुज कन्ट्रोल, एसओएस अलर्ट, टु-वे थ्रोटल र किलेस कन्ट्रोललगायत अन्य धेरै सुविधाहरू उपलब्ध छन् । यसबाहेक फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने यी स्कुटरमध्ये कम्पनीले भि १ मोडलमा ३.९४ किलोवाट आवरको लिथियम आयन तथा भि १ प्लसमा ३.४४ किलोवाट आवरको ब्याट्री उपलब्ध गराएको छ ।