सेञ्चुरी बैंकको पदमपुर शाखा स्थानान्तरण

-



     सफल आवाज    
     मंसिर २ गते २०७९ मा प्रकाशित



चितवन, ३ मंसिर । सेञ्चुरी कमर्सियल बैंकले गत २७ गतेदेखि पदमपुर शाखालाई नयाँ ठाँउमा सारेको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले उद्घाटन गर्दै नयाँ ठाँउमा पदमपुर शाखाको सेवा सञ्चालन गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत राजेश भण्डारी लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयको उपस्थिति थियो ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । जम्मा १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।