एनसेलको ल्यायो नयाँ प्रिपेड प्लान, के के छन् सुविधा?

-



     सफल आवाज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित


Ncell Logo


काठमाडौं, ६ मंसिर । एनसेल आजियाटा लिमिटेडले नयाँ प्रिपेड प्लानहरु ल्याएको छ । नयाँ प्रिपेड प्लान अन्तर्गत तीन वटा स्टार्टर प्याकहरु सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका छन् ।

यी प्याकहरु आइतबार ९मसिर ४० देखि सञ्चालनमा आएका कम्पनीले जनाएको छ । सजिलोको कर सहित ९७, सहयात्रीको ९८ र सही यो प्लानको ९९ रुपैयाँ तोकिएको छ ।

स्टार्टर प्याक अन्तर्गत सिम कार्ड खरिद गर्दा स्वतः सजिलो प्लान प्राप्त हुन्छ । यसमा १० रुपैयाँ मेन ब्यालेन्स, ६० एमबी डाटा, ४० मिनेट अन नेट कल र ७ दिनको समयसीमा रहेको २० वटा अन नेट एसएमएस समावेश हुन्छ । यो प्याक लिनेले अन नेट भ्वाइस कल अन्तर्गत कर सहित १.६२ रुपैयाँ प्रति मिनेटमा कल, १ रुपैयाँमा पे एज यू गो डाटा र कुनै पनि नेटवर्कमा एसएमएस कर बाहेक १ रुपैयाँमा मा पठाउन सक्छन् । 

कम्पनीका अनुसार वैदेशिक रोजगारीमा जाने योजनामा रहेका व्यक्ति तथा परिवारका सदस्यहरुका लागि सहयात्री प्लान रहेको छ । यो प्लान अन्तर्गत ग्राहकले रु १० मेन ब्यालेन्स, १०० एमबी डाटा, ७ दिनको समयसिमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन् । यसका साथै सहयात्री प्लान लिने ग्राहकले भारतमा पहिलो ३ मिनेटको कल पछि १० प्रतिशत छुटमा कल गर्ने सुविधा प्राप्त गर्दछन् । 

सही यो प्लान युवा वर्गलाई लक्षित स्टार्टर प्याक हो । यस अन्तर्गत अन्तर्गत इन्स्टाग्राम प्रयोग गर्न ३० दिन समयसीमा रहेको १ जीबी डाटा, १० मिनेट मेन ब्यालेन्स, १०० एमबी डाटा, १० मिनेट अन नेट कल र ७ दिनको समयसीमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । 

नेपाल घुम्न आउने पर्यटकहरुका लागि पनि एनसेलले १००, ५०० र १००० रुपैयाँका तीन प्लानहरु प्रदान गर्दै आएको छ । १०० को प्लानमा ग्राहकले २०० एमबी डाटा, १० मिनेट (लोकल कल) प्राप्त गर्छन् । ५०० को प्लानमा पर्यटकले ५० मेन ब्यालेन्स, ५० मिनेट लोकल कल र ७ दिनको समयसीमा रहेको १० जीबी डाटा प्राप्त गर्न सक्छन् ।

त्यस्तै १००० रुपैयाँको प्लान अन्तर्गत नेपाल भ्रमणमा रहेका पर्यटकले ५० रुपैयाँ मेन ब्यालेन्स, १०० मिनेट लोकल कल र २८ दिनको समयसीमा रहेको २५ जीबी डाटा पाउँछन् ।