सेल्सबेरीको ‘वर्ल्ड कप मेनिया २०२२’ योजनामा ६५ इञ्चको टीभी जित्ने अवसर

-



     सफल आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ मंसिर । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले विश्वकप २०२२ लाई लक्षित गरि आकर्षक ‘वर्ल्ड कप मेनिया २०२२’ अभियान सार्वजनिक गरेको छ । यो अभियान अन्तर्गत सेल्सबेरीले आफ्ना २९ वटा स्टोरहरुमा सेल्सबेरी प्रेडिक्ट एन्ड विन २०२२ नामक योजना सञ्चालन गरिरहेको जनाएकाे छ ।

प्रेडिक्ट एन्ड विन अन्तर्गत १ हजार रुपैयाँ किनमेल गर्ने ग्राहकले प्रेडिक्ट एन्ड विनमा रहेको ‘हु विल विन द वर्ल्ड कप २०२२’ अर्थात् विश्वकप २०२२ कसले जित्छ भन्ने प्रश्नको उत्तर लेख्नु पर्ने हुन्छ ।

सही उत्तर लेख्नेहरु मध्ये एक जनाले एमआई ६५ इन्च एलईडी टीभी जित्न सक्ने सेल्सबेरी डिपार्टमेन्ट स्टोरले जनाएको छ । यो अफर सेल्सबेरीका शाखा तथा सेलवेज पोखराका शाखाहरुमा लागू हुनेछ । यसबाहेक सेल्सबेरी सातदाेबाटो, सितापाइला तथा सेलवेज चिप्लेढुंगामा किक एन्ड विन नामको अर्को योजना पनि सञ्चालन भइरहेको स्टोरले जानकारी दिएको छ ।