मनकामना दर्शन प्रा लि बन्यो पर्यटन क्षेत्रमा सर्वाधिक आयकर तिर्ने संस्था

-



     सफल आवाज    
     मंसिर ७ गते २०७९ मा प्रकाशित


काठमाडौं, ७ मंसिर । मनकामना दर्शन प्रा लि पर्यटन क्षेत्रमा सर्वाधिक आयकर तिर्ने संस्था बनेको छ । ११ औं राष्ट्रिय कर दिवसको अवसरमा मनकामना दर्शन प्रालिलाई आर्थिक वर्ष २०७७(७८ मा पर्यटन क्षेत्रमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेबापत आन्तरिक राजश्व विभागले आज आयोजित एक कार्यक्रमबीच सम्मान गरेको छ ।

२०५५ साल मंसिर ८ गते देखि सञ्चालनमा आएको नेपालकै पहिलो मनकामना केबलकारले हालसम्म १ करोड ७० लाख यात्रुहरूलाई केबुलकार सेवा प्रदान गरिसकेको कम्पनीको दावी छ । यसै समूहको भातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवल कार प्रालिले करिब ४८ करोडको लागतमा मनकामनामा ४० कोठायुक्त सुविधा सम्पन्न होटल तथा रिसोर्टको निर्माण गर्ने भएको छ ।