नेपाल लाइफले गर्यो ५ अर्बभन्दा बढी मृत्यु दावी भुक्तानी

-



     सफल आवाज    
     मंसिर ११ गते २०७९ मा प्रकाशित


काठमाडौं, ११ मंसिर । नेपाल लाइफ इन्स्योरेन्सले २०७९ असोज मसान्त सम्म ५.०३ अर्ब रूपैयाँ बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दावी भुक्तानी भएको कम्पनीले जनाएको छ ।

मृत्यु दावी भुक्तानी गर्नका लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्री बनाइएको कम्पनीको दावी छ । आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्यूनतम समयमा मृत्यु दावी भुक्तानी गर्ने प्रबन्ध मिलाएएको कम्पनीका प्रमुख अधिकृत प्रवीण रमण पराजुलीले बताए ।

गत आर्थिक वर्ष २०७८/७९ मा ९९.०७ प्रतिशत मृत्यु दावी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको छ । सम्पूर्ण कागजात प्राप्त भएलगत्तै भुक्तानी गर्ने प्रबन्ध गरेको कम्पनीले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने बताएको छ ।

२  लाख १२ हजार ३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेको कम्पनीले आफ्ना सेवाग्राहीका लागि देशभर फैलिएका करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।