सूर्यज्योति लाइफको सेयर नेप्सेमा सूचीकृत

-



     सफल आवाज    
     माघ १० गते २०७९ मा प्रकाशित


काठमाडौं, १० माघ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । साविकको सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्स मर्जर भएर बनेको कम्पनीको ४ करोड ४५ लाख ५५ हजार ७२१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा गाभिँदा १ बराबर ०.८२४५ को अनुपातमा कायम हुन आएको उक्त परिमाणको सेयर नेप्सेमा सूचीकृत भएको कम्पनीले जनाएको छ ।

मर्जरपछि पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको सेयरको ओपनिङ रेञ्ज ३७१ रुपैयाँ ७९ पैसा तोकेको छ । भोलि बुधबारदेखि कम्पनीको सेयर सोही रेञ्ज अनुसार कारोबारमा आउने बताइएको छ । कारोबारका लागि कम्पनीको सेयरले नेप्सेबाट एसजेएलआईसी संकेत पाएको छ । सोही कारोबार संकेतमा बुधबारदेखि कम्पनीको सेयर कारोबार हुनेछ ।