सिभिल लघुवित्तको स्वतन्त्र सञ्चालकमा दाहाल

-



     सफल आवाज    
     माघ १० गते २०७९ मा प्रकाशित


काठमाडौं, १० माघ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रुद्र प्रसाद दाहाल नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको माघ ९ गते बसेको २०१औं बैठकले दाहाललाई ४ वर्षको लागि स्वतन्त्र सञ्चालकको लागि नियुक्त गरेको हो ।

बैंकिङ्ग क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव भएका दाहाल कृषि विकास बैंकबाट अवकास प्राप्त हुन् । वि.सं.२००८ सालमा धनकुटामा जन्मेका दाहाल सुनसरी इनरुवा स्थायी घर भई हाल कामपा १४ मा बसोबास गर्ने दाहालले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

केन्द्रीय कार्यालय काठमाडौं चाबहिलमा रहेको वित्तीय संस्थाको ७५ वटा शाखा रहेको छ । संस्थाले १४ हजार घर परिवारलाई वित्तीय सेवामार्फत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।