
काठमाडौं, ३ चैत । हिमालयन हाईड्रोपावर लिमिटेडको १५औँ साधारणसभा २४ चैतमा हुने भएको छ । विशेष प्रस्तावमा साधारसभामा सञ्चालकहरुको सुविधा बृद्धि गर्ने तथा सोसँग सम्बन्धित नियमावली संशोधन गर्ने सम्बन्धनमा प्रस्ताव परित गर्ने कम्पनीले जनाएको छ ।
सभा पोखराको वाटरफ्रन्ट रिसोर्ट, लेक साईटमा दिउसो ११ बजे बेलाईएको छ । सभामा सामान्य ४ र विशेष २ गरि ६ वटा प्रस्तावहरु रहेको कम्पनीले जनाएको छ ।
सामान्य तर्फ १५औँ वार्षिक प्रतिवेदनको छलफल गरि अनुमोदन गर्ने, अर्थिक वर्ष २०७८÷०८९ को लेखापरीक्षण अनुमोदन गर्ने, चालु आर्थिक वर्षको लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने, कम्पनीको सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक निर्वाचन गर्ने विषयहरु रहेका छन् ।
सभाको लागि कुनै लिखित सुझाव भए कम्पनीको अधिकारीक मेलमा पठाउन सक्ने कम्पनीको भनाई छ । सुरक्षालाई मध्यनजर गर्दै सभामा उपस्थिति हुँदा कुनै व्याग, झोलालगायतको कुराहरु ल्याउन नपाईने कम्पनीले जनाएको छ । सभामा हाउने व्यक्तिले सभा सुरु हुनुभन्दा अगाडि नै उपस्थिति हुँनुपर्नेलगायतको कुराहरु रहेको कम्पनीले जनाएको छ ।