
काठमाडाैं, २५ बैशाख । अजोड इन्स्योरेन्स लिमिटेडकाे विशेष साधारण सभा सम्पन्न आज काठमाडाैंमा सम्पन्न भएको छ । उक्त विशेष साधारण सभाले अजोड इन्स्योरेन्स लि. तथा यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. एक आपसमा गाभ्ने-गाभिने सम्बन्धी प्रस्ताव पारित गरेकाे छ।
त्यस्तै अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड कायम हुने गरी सो नामबाट निर्जीवन बीमा व्यवसाय गर्ने सम्बन्धी प्रस्ताव समेत पारित भएकाे छ।
अजोड इन्स्योरेन्स लि. को हाल कायम सञ्चालक समितिका सदस्यहरुको कार्यकाल जतिसुकै बाँकी रहेको भएतापनि गाभ्ने गाभिने कार्य सम्पन्न भई साविक दुबै कम्पनीबाट प्रतिनिधित्व रहने गरि नयाँ सञ्चालक समिति गठन भए पश्चात विद्यमान सञ्चालकहरुको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिने तथा नयाँ सञ्चालक समितिको कार्यकाल समेत गाभिएपछि बन्ने कम्पनीको वार्षिक विशेष साधारण सभा नभए सम्म मात्र कायम रहने प्रस्ताव पारित भएकाे छ ।
इन्स्याेरेन्सले चैत्र मसान्तसम्म विभिन्न किसिमका बीमाहरुबाट कुल बीमा शुल्क १४४.३१ करोड आर्जन गरेकाे जनाएकाे छ । यो बीमा शुल्क अघिल्लो आ.व.२०७८।०७९ को सोही अवधिको तुलनामा १७.६५% ले बढी हाे ।