चितवनमा १ लाख भेडाबाख्रालाई पिपीआर खोप

-



     सफल आवाज    
     वैशाख २५ गते २०८० मा प्रकाशित



चितवन, २५ बैशाख । चितवनमा १ लाख २२ हजार भेडाबाख्रालाई पिपीआर रोगविरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत रामचन्द्र आचार्यका अनुसार बिभिन्न प्रकारका विषाणुबाट यो रोग लाग्ने गर्दछ ।

जिल्लाका सातै पालिकामा यो खोप लगाइएको हो । खोप अभियानका क्रममा भरतपुर महानगरपालिकामा ३० हजार, रत्ननगर नगरपालिकामा १५ हजार, खैरहनी नगरपालिकामा १० हजार, राप्ती नगरपालिकामा २० हजार, कालिका नगरपालिमा २२ हजार, माडी नगरपालिकामा १५ हजार र इच्छाकामना गाउँपालिकामा १० हजार भेडाबाख्रालाई खोप लगाइएको छ ।

कार्यालयमा १३ हजार डोज खोप छुटपुट बाख्रालाई लगाउन राखिएको आचार्यले जानकारी दिएका छन । उनका अनुसार पिपीआर रोगको प्रकोप धेरै भएका क्षेत्रमा हरेक वर्ष र प्रकोप कम भएका क्षेत्रमा ३ -३ वर्षमा यो खोप लगाइने गरिएको छ ।