‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक

-



     सफल आवाज    
     वैशाख २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ वैशाख । साहित्यकार सुशीला भुसालद्वारा लिखित उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक गरिएको छ ।

नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तरेली साहित्यिक प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा ती कृतिको लोकार्पण गर्दै यतिबेला मानिसको रोजाइ हिंसा थियो कि थिएन भनेर उल्लेख गरिएको छ ।

साहित्यकार वासुदेव अधिकारीले दुवै उपन्यासले समाजको यर्थाथलाई चित्रण गरेको बताए। यलो सुइटमाथि टिप्पणी गर्दै साहित्यकार डा विन्दु शर्माले उपन्यासमा महिलालाई नायकत्व गर्न खोजिएको बताइन। राष्ट्रिय जनसाहित्य सङ्घका अध्यक्ष राम विनयले समाजका न्यून वर्गीय पक्षमा साहित्य हुनुपर्ने बताए ।

लेखिका भुसालले उपन्यासमा १७ वर्षको अनुभवमा आफूले देखे–भोगेका कुरालाई उतारिएको बताइन। उनले कठघरा माओवादी सशस्त्र द्वन्द्व र येलो सुइट होटल व्यवसायमा काम गर्ने एक महिला कामदारको कथा रहेको जानकारी दिइन।