अहिलेकाे मौद्रिक नीति सकारात्मक छ: बैंकर्स संघ

-



     सफल आवाज    
     श्रावण ९ गते २०८० मा प्रकाशित


काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीति सकारात्मक रहेको नेपाल बैकर्स संघले प्रतिक्रिया दिएको छ । नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले गतबर्षको नीतिलाई निरन्तरता दिने गरि सन्तुलित ढंगले मौद्रिक नीति आएको बताएका हुन्।

गत वर्ष ऋण प्रबाह ३ प्रतिशत मात्रै भएको तर ११.५ प्रतिशतको लक्ष्य राखिएको यो अलि कम हो कि भन्ने रहेको अध्यक्ष केसी बताए।

उनले गतवर्षकाे १२ प्रतिशतको लक्ष्य ३ प्रतिशतमा खुम्चिएको बताए । गतबर्ष कसिलो मौद्रिक नीति ल्याउँदा पनि राष्ट्र बैंकले साढे १२ प्रतिशतको कर्जा विस्तार लक्ष्य अघि सारेको उनको भनाइ थियाे।