
पोखरा, ११ साउन । पाेखराकाे सृजनाचाेकमा रहेकाे पोखरा फुटवेयर बिजनेस सेन्टरमा पोखरा महानगरपालिकाले लगाएको ताला खुलेको छ । साउन ५ गते शुक्रबारबाट सुरु भएको उक्त बिजनेस सेन्टरलाई ४ दिनपछि मंगलबार पोखरा महानगरपालिकाले दर्ता नभएको भन्दै एक्कासी बन्द गराएको थियो । त्यसकाे २ दिनपछि बिहीबार पुनः सटरहरु खुलेका छन् ।
यसअघि विभिन्न बहाना गरेर व्यवसायको दर्ता गर्न आनाकानी गरेको पोखरा महानगरले अन्ततः दर्ता प्रक्रिया पुरा गरी सटर खोलेर व्यवसाय गर्ने बाटो खुलाएको छ । बिजनेस सेन्टरका व्यवसायीहरुले बुधबार साँझ मेयर धनराज आचार्यसँगसमेत छलफल गरेका थिए । सरकारी सम्पूर्ण निकायमा दर्ता भएर व्यवसाय सुरु भएको बिजनेस सेन्टरका संचालक सबिन कार्कीले जानकारी दिएका छन।

हामी राज्यको नीति नियमलाई सधैं पालना गर्छौं,’ उनले भने, ‘महानगरसँगको मतभेद् सकिएको छ । अब महानगरमा समेत दर्ता भएर पुनः व्यवसाय सुरु भएको छ ।’ अब पोखरा क्षेत्रका उपभोक्ताले सस्तो मूल्यमा बिभिन्न डिजाइनका जुत्ता चप्पल खरिद गर्न सक्ने संचालक कार्कीले बताए ।
१० वटा नेपाली जुत्ता कम्पनीले संयुक्त रुपमा बिजनेस सेन्टर स्थापना गरेका हुन् । यस शोरुममा शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वल्र्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन कम्पनीका बिभिन्न माेडलका जुत्ता चप्पल बिक्रीका लागि राखिएकाे छ ।
शोरुममा साउन महिनाभर बिशेष छुटकाे ब्यबस्था समेत गरिएकाे पाेखरा फुटवेयर बिजनेस सेन्टरका अर्का संचालक रूद्र न्याैपानेले बताएका छन।