
काठमाडौं, १४ साउन। गत आर्थिक वर्षमा नेपालमा ३ सय २२ उद्योग दर्ता भएका छन्। स्वदेशी र विदेशीसहितका ति उधाेगले २ खर्ब १४ अर्ब लगानीको प्रस्ताव गर्दै उद्योग दर्ता गराएका हुन्।
उद्योग विभागकाे तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा साना उधाेग १ सय ८६ वटा, ठूला ६६ र मझौला ७० वटा उद्योग दर्ता भएका छन। ति उधाेगले २३ हजार ३ सय २४ जनालाई रोजगारी दिने समेत रिपाेर्टमा उल्लेख गरेका छन्।
विभागले गत वर्ष ३३ अर्ब १४ करोड रुपैयाँ बराबर विदेशी लगानीका ३ सय २७ प्रस्ताव स्वीकृत गरेको जनाएको छ। विभागमा गत वर्ष ५ प्याटेन्ट, १८ डिजाइन र ३ हजार २५४ ट्रेडमार्क दर्ता भएकाे बताइएकाे छ।
विभागबाट गत वर्ष ८२ उद्योगले प्रारम्भिक वातावरणीय परीक्षणको स्वीकृति लिएका छन् । ४ सय ४ उद्योगले निर्यातमा नगद अनुदान लिनका लागि मूल्य अभिवृद्धिकर (भ्यालु एडिसन) प्रमाणित गराएकाे उद्योग विभागद्वारा जारी रिपाेर्टमा उल्लेख गरिएकाे छ।