
काठमाडाैं, २० साउन । सामाजिक न्यायमा क्रियाशील गैरसरकारी संस्था एक्सनएड इन्टरनेशनल नेपालले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । हरेक वर्ष अगस्ट १२ का दिन मनाईने अन्तरािष्ट्रय युवा दिवशको पुर्व सन्ध्यामा आयोजना भएको कार्यक्रममा एक्सनएड इन्टरनेशनल नेपालका कर्मचारी र युवाहरुले रक्तदान गरेका थिए।
हरेक क्षेत्र जस्तै युवाहरुको भूमिका जीवन बचाउनमा पनि अग्रणी भूमिका छ भन्ने सन्देश दिन नेपाल रेडक्रस सोसाईटीसँग सहकार्यमा कार्यक्रम आयोजना गरिएको एक्सनएडले जनाएको छ।

कार्यक्रममा बोल्दै संस्थाका कार्यकारी निर्देशक सुजिता माथेमाले रक्तदान भनेको जीवन बचाउने कुरा भएको बताउँदै यो कार्यक्रम सानो भएपनि जसलाई रगतको आवश्यकता हुन्छ उसको लागि यो एकदमै महत्वपूर्ण सहायता भएको उल्लेख गरिन्।
वर्षायामको समयमा नेपालमा बाढी, पहिरो जस्ता विपद्को समयमा हुन सक्ने रगतको आवश्यकतालाई मध्यनजर गर्दै यसमा युवाहरुको अग्रणी भूमिकालाई प्रवर्धन गर्न एक्सनएड नेपालले रक्तदान कार्यक्रमको आयोजना गरेको बताइएकाे छ ।