शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफामा बृद्धि, इपीएस कति ?

-



     सफल आवाज    
     श्रावण २२ गते २०८० मा प्रकाशित


काठमाडौं, २२ साउन । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफामा बृद्धि भएकाे छ। बैंकले सार्वजनिक गरेकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरणका अनुसार बैंकको खुद नाफामा २१.२९ प्रतिशतले बृद्धि भएकाे हाे । यसरी बढेर नाफा रुपैंयाँ ७८ करोड ६८ लाख २६ हजार पुगेको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षको साेहि अवधिमा ६४ करोड ८७ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा बृद्धि भएपछि खुद नाफा बढेकाे हो । 

खुद ब्याज आम्दानी २६.८७ प्रतिशतले बढेर रुपैयाँ २ अर्ब १० करोड ९९ लाख ८७ हजार भएकाे छ । सञ्चालन नाफा २८.८४ प्रतिशतले बढेर रुपैयाँ १ अर्ब १३ करोड ३८ लाख २७ हजार कायम भएकाे छ ।

गत असारकाे अन्तिमसम्मकाे वित्तीय विवरणलाइ हेर्दा बैंककाे नाफासँगै इपीएस पनि बढेको छ । इपीएस आम्दानी १ रुपैयाँ २१ पैसा बढेर १८ रुपैयाँ ३७ पैसा भएकाे छ ।