
काठमाडौं, २२ साउन । एनआईसी एशिया बैंक लिमिटेडकाे नाफा बढेकाे छ । बैकले आ.व. २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्दै बैंकको खुद मुनाफा अघिल्लो वर्षको आधारमा १० प्रतिशतको वृद्धि भएर ४ अर्ब ६५ करोड पुगेको बताएकाे छ ।
बैंकले आ.व. २०७९/८० को चौथो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २ अर्ब ७१ करोड ५९ लाख पुर्याएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३ अर्ब १४ करोड ३१ लाख रहेको छ ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ९।६० प्रतिशतले बढेर १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ९।६० प्रतिशत रहेको थियो । समिक्षा अवधिमा बैंकको चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४१ लाख रुपैयाँ रहेको छ ।