मिड सोलु हाइड्रोकाे आईपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     श्रावण ३० गते २०८० मा प्रकाशित


काठमाडौं, ३० साउन । मिड सोलु हाइड्रोपावरकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानियकाे लागि ७ लाख ४८ हजार ४०० लाख साधारण सेयर खुलाएकाे थियाे ।

जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशतले ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख कित्ता सेयर जारी गरिएकाे हाे ।

यसमा ५ लाख ६१ हजार ३०० कित्ता आयोजनाबाट अति प्रभावित सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ६ र ८ का बासिन्दाहरुलाई बिक्री गरिनेछ । १ लाख ८७ हजार १०० कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बिक्री गरिने भएकाे छ । सेयर भर्सोन इच्छुक लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

कम्पनीले ९.५ मेगावाटको मध्य सोलु जलविद्युत आयोजनाको प्रबर्धन गरिरहेको गरिरहेकाे छ । यसकाे लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ छ । आयोजनाकाे २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युत उत्पादन भइरहेकाे छ।

लगानीकर्ताले आयोजना स्थल, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट र बिक्री प्रबन्धकको वेभसाइटबाट आवेदन दिन पाउनेछन्।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।