
काठमाडौं, ३१ साउन। नबिल बैंकले हालै ल्याएकाे ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजनामा पटक पटक ब्याजदर परिवर्तन नहुने (स्थिर ब्याजदर) भएपछि ग्राहकहरूमाझ यसकाे चर्चा बढ्न थालेकाे छ । बैककाे याे बिशेष कर्जा याेजनाका कारण कर्जा लिने ग्राहकहरू नबिल बैकप्रति अाकर्षित भइरहेकाे बैकले जनाएकाे छ ।
नबिलले यो योजना अन्तरगत २ स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको छ। जसमा ७ वर्षको लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रति वर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदर राखिएको बैकले जनाएकाे छ।
बैंकले पहिलोपटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउनेछ । अन्य ग्राहकले झन्झटरहित कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधा पाउने बैंकले जनाएकाे छ। यो योजनामा २ लाख सम्मको क्रेडिट कार्ड सेवा निःशुल्क जारी गर्ने बैंकले जानकारी दिएकाे छ।