
काठमाडाैं, १ भदाै । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुलाइ शारिरिक व्यायामको लागि टोटल फिजिकल फिट्नेस सेन्टरमा छुट हुने भएकाे छ। उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र टोटल फिजिकल फिट्नेस सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक सुमन पण्डितले हस्ताक्षर गरेका हुन । क्यापिटलका ग्राहकहरुले उक्त सेन्टरमा सेवा लिदाँ २८ प्रतिशतसम्म छुट पाउनका साथै निशूल्क साउना कुपन पाउने भएका छन् ।
यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर टोटल फिजिकल फिट्नेस सेन्टरलाई उपलब्ध गराउनु पर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट ५ वर्ष सम्म लिन सक्नेछन् ।
काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेको टोटल फिजिकल फिट्नेस सेन्टरले अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । यस फिटनेस सेन्टरमा फ्लेक्स र टोन, तौल घटाउने, को–एड बक्सिङ, बर्न्स र एब्स, स्पिनिङ, किक बक्सिङ, स्टेप एण्ड टोन, कार्डियो, जुम्बा, योगा र जिम जस्ता विभिन्न सेवाहरु रहेका छन ।
उक्त फिट्नेस सेन्टरमा भर्ना भएपश्चात शुरुमा सात दिनको प्रशिक्षण कार्यक्रम संचालन हुने र अन्य दिनमा समेत प्रशिक्षकको निगरानीमा सम्पूर्ण व्यायमहरु गर्न पाईनेछ । खानपानमा समेत ध्यान दिदैं फिट्नेस सेन्टरमा डाइटिसियनको पनि व्यवस्था रहेको कंपनीले जनाएको छ ।
प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गरिरहेकाे छ । हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।