सिटिजन्स क्यापिटल र ठूलोखोला हाइड्राेपावर बीच शेयर निष्काशन सम्बन्धी सम्झौता

-



     सफल आवाज    
     भाद्र ३ गते २०८० मा प्रकाशित



काठमाडाैं, ३ साउन । सिटिजन्स क्यापिटल लिमिटेड र ठूलोखोला हाइड्राेपावर लिमिटेड बिच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएकाे छ । उक्त सम्झौतामा ठूलोखोला हाइड्राेपावर लिमिटेडका तर्फबाट संचालक स्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाइड्राेपावर लिमिटेडको साधारण सेयरकाे सार्वजनिक निष्काशनकाे सम्पुर्ण कार्य गर्नेछ ।

ठूलोखोला हाइड्राेपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना” म्याग्दी जिल्लामा अवस्थित छ । सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेकाे बताइएकाे छ ।